प्रधानमन्त्रीमा ओली र देउवाको दाबी दर्ता, कानुन हेरेर निर्णय लिने राष्ट्रपतिको भनाइ
काठमाडौं, जेठ ७ : नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीमा शेरबहादुर देउवा प्रस्ताव गर्दै १४९ सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ।एमाले वरिष्ठ नेता...
काठमाडौं, जेठ ७ : नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीमा शेरबहादुर देउवा प्रस्ताव गर्दै १४९ सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित विपक्षी दलका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बहुमत हस्ताक्षर बुझाउँदै देउवालाई प्रधानमन्त्रीका रूपमा दाबी दर्ता गराएका हुन्।
राष्ट्रपति भण्डारीले संविधान र कानुन हेरेर निर्णय लिने बताएको शीतलनिवास पुगेका एक नेताले जानकारी दिए। भण्डारीले उपयुक्त निर्णयका लागि विज्ञहरुसित सल्लाह गर्ने पनि बताएको उनको भनाइ छ।
एमाले संसदीय दलका नेतारहेका केपी ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन्। उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का १६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हुन्।
प्रकाशित मिति: १६:५३ बजे, शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)






