Kathmandu Press

प्रतिमा र प्रविणको स्वरमा ‘माया लाइसक्यो’

काठमाडाैं, जेठ ७ : गायिका प्रतिमा केसीको पहिलो सांगीतिक कोसेली ‘माया लाइसक्यो’ सार्वजनिक भएको छ । ‘माया लाइसक्यो’मा प्रतिमालाई प्रविण वेडवालले साथ दिएका...
प्रतिमा र प्रविणको स्वरमा ‘माया लाइसक्यो’

काठमाडाैं, जेठ ७ : गायिका प्रतिमा केसीको पहिलो सांगीतिक कोसेली ‘माया लाइसक्यो’ सार्वजनिक भएको छ । ‘माया लाइसक्यो’मा प्रतिमालाई प्रविण वेडवालले साथ दिएका छन् ।

सप्तक म्यूजिकको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गीत किसन सुवेदीले लेखेका हुन भने संगीत सिएल शर्माको छ ।

Hardik ivf

वीरेन्द्र धामीले निर्देशन गरेको गीत भिडियो पनि उनैले खिचेका हुन्। गीतमा कुशल सिंहको कोरियोग्राफी छ ।

युवापुस्ताको माया प्रेमको विषय समेटिएको छ । गीत केही अघि नै तयार भएपनि कोरोना महामारीका कारण भिडियो छायांकन रोकिँदा सार्वजनि गर्न ढिलाइ भएको गायिका प्रतिमाले बताइन् ।

हेर्नुहाेस् भिडियाे:

प्रकाशित मिति: १६:२३ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्