१४९ सांसदको हस्ताक्षर लिएर विपक्षी नेताहरु राष्ट्रपति निवास प्रस्थान, देउवालाई प्रधामन्त्री बनाउने प्रस्ताव
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफल सकिएलगत्तै उनीहरू शीतल निवास लागेका हुन्।
काठमाडौं, जैठ ७ : १ सय ४९ जना सांसदको हस्ताक्षर लिएर विपक्षी नेताहरु राष्ट्रपति निवास प्रस्थान गरेका छन्।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफल सकिएलगत्तै उनीहरू शीतल निवास लागेका हुन्।
छलफलले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ ।
हस्ताक्षर गर्नेमा कांग्रेस र माओवादी केन्द्रका बाहेक माधवकुमार नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र–बाबुराम समूहका १३ जना छन्। संसदमा २७१ सांसद कायम छन्। नयाँ सरकार बनाउन १३६ सांसद आवश्य पर्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेकी थिइन्।
प्रकाशित मिति: १५:२९ बजे, शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)






