कार्यकारिणी समिति बैठक स्थगित भएको छैन : उपेन्द्र यादव
काठमाडौं, जेठ ७ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त हस्ताक्षर गरेर जेठ ८ र ९ गतेका...
काठमाडौं, जेठ ७ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त हस्ताक्षर गरेर जेठ ८ र ९ गतेका लागि केन्द्रीय कार्यकारिणी बैठक बोलाएका थिए ।
तर त्यसको पूर्वसन्ध्यामा कोभिड–१९ लाई कारण देखाउँदै अध्यक्ष ठाकुरले आज (शुक्रबार) एकतर्फी रूपमा कैठक सथगित गरेपछि यादव पक्ष चिढिएको छ।
लगत्तै अर्का अध्यक्ष यादवले विज्ञप्ति नै जारी गरेर बैठक स्थगित नभएको बताएका छन्। उनले विभिन्न विषयमा विचार विमर्श गरी निष्कर्षमा पुग्न पर्ने भएकाले बैठक बोलाइएको उल्लेख गरेका छन्।
जसपाको ५१ सदस्यीय कार्यसिमिति छ जसमा यादवको स्पष्ट बहुमत छ।
प्रकाशित मिति: १५:०० बजे, शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)






