Kathmandu Press

विपक्षी गठबन्धनको छलफल सिंहदरबारमा जारी, नेता नेपाल पनि सहभागी

काठमाडौं, जेठ ७ :  विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच छलफल सुरु भएको छ।सिंहदरबारस्थित कांग्रेस संसदीय...
विपक्षी गठबन्धनको छलफल सिंहदरबारमा जारी, नेता नेपाल पनि सहभागी

काठमाडौं, जेठ ७ :  विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच छलफल सुरु भएको छ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइराला सहभागी छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहभागी छन् । जसपाका तफैबाट संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी छन्। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि बैठकमा सहभागी छन्।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा तीन दल छलफलमा जुटेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मको समय दिएपछि विपक्षी दलहरूले तीव्र रूपमा छलफल अघि बढाएका छन् । 

बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको सर्वदलीय बैठकले कुनै ठोस निर्णय लिन सकेको थिएन। त्यसपछि विपक्षीहरु आ-आफ्नो दलमा आन्तरिक छलफल गरेर पुनः छलफलमा जुटेका हुन्।

विपक्षी दलहरूले राष्ट्रपतिविरुद्ध महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: १४:४३ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्