Kathmandu Press

उपधारा ५ मा जान राजिनामा गर्नुपर्छ भनेर कहाँ लेखेको छ ? : ओली

प्रधानमन्त्री केपी ओलीले संविधानको धारा ७६ (५) मा जानका लागि आफूले राजिनामा गरेर जाने व्यवस्था नै नभएको दाबी गरेका छन् ।
उपधारा ५ मा जान राजिनामा गर्नुपर्छ भनेर कहाँ लेखेको छ ? : ओली

काठमाडौं, जेठ ७ : प्रधानमन्त्री केपी ओलीले संविधानको धारा ७६ (५) मा जानका लागि आफूले राजिनामा गरेर जाने व्यवस्था नै नभएको दाबी गरेका छन् ।

आफूले विश्वासको मत लिन नचाहेकाले मार्गप्रशस्त गरेको उनको दाबी छ । पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘उपधारा ५ मा जान राजिनामा गर्नुपर्छ भन्ने कहाँ लेखेको छ?’

एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले आफूलाई गरेको असहयोगको हिसाबकिताब गरिने उनले बताए । ‘माधव नेपाल आफ्नै पार्टी ध्वस्त गर्न चाहिरहनुभएको छ, अनि लोकतन्त्रका कुरा गर्ने ?’ उनले भने ।

अर्को प्रधानमन्त्रीले सपथग्रहण गरेपछि आफू प्रधानमन्त्रीबाट मुक्त हुने उनले दाबी गरे । विश्वासको मत नपाउँदा, धारा ७६ (२) को सरकार नबन्दा पनि आफूले राजिनामा नदिएको उनले बताए ।

आफू प्रधानमन्त्री दाबी गर्ने तयारीमा रहेका उनले बताए । प्रतिनिधिसभा सदस्यको हिसाबमा आफूले प्रधानमन्त्री दाबी गर्न सक्ने उनले बताए । प्रतिनिधिसभाको १२१ मतभार भएकाले अरूको समर्थन पाउँदा सरकार बनाउने उनले बताए ।

एक महिनाभित्र विश्वासको मत लिने र त्यतिबेला पनि विश्वासको मत नपाउँदा संसद् विघटन गरेकामा प्रश्न गर्न नपाइने उनले बताए ।
 

प्रकाशित मिति: १३:५६ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्