नेपाल समूहका सांसदहरू सिंहदरबारमा छलफल गर्दै

काठमाडौं, जेठ ७ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा पुगेका छन्।
नयाँ सरकार गठनका सन्दर्भमा कसरी अगाडि बढ्ने भनेर छलफलका लागि नेपाल समूहले आफ्ना सांसदहरूलाई डाकेको हो।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसारसरकार गठन गर्न आह्वान गर्दै आज (शुक्रबार) अपराह्न ५ बजेसम्मको समय दिएकी छन्।
नेता नेपालसहित भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावललगायत सांसदहरु सिंहदरबार पुगेका हुन्।
प्रकाशित मिति: १३:४९ बजे, शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)






