जसपा ठाकुर पक्ष यसपटक पनि तटस्थ बस्ने
काठमाडौं, जेठ ७ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा बहुमतका लागि निर्णायक मानिन्छ । तर सो...
काठमाडौं, जेठ ७ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा बहुमतका लागि निर्णायक मानिन्छ । तर सो पक्षले नयाँ सरकार गठनका सन्दर्भमा तटस्थ बस्ने निर्णय गरेको छ।
जसपा अध्यक्ष ठाकुर पक्षको सिंहदरबारमा आज (शुक्रबार) बसेको बैठकले सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न आज (शुक्रबार) साँझ ५ बजेसम्मको समय दिएकी छन् ।
उक्त समय सकिन केही घण्टा बाँकी रहँदा जसपाको ठाकुर पक्षले लिएको उक्त निर्णयले नयाँ राजनीतिक परिस्थिति सिर्जना हुन सक्ने आँकलन गर्न थालिएको छ।
जसपा अध्यक्ष ठाकुरले सुरुदेखि नै तटस्थ बस्दै आएकाले यसपटक पनि त्यही अवस्था रहने स्पष्ट पारे। आफूहरुको माग सम्बोधन गरिररहेकाले प्रधानमन्त्री ओलीको विपक्षमा जान नसक्ने उनको भनाइ थियो ।
नागरिकतासम्बन्धी माग सम्बोधन गर्न सरकारले अध्यादेश ल्याएएर संविधान संशोधनका लागि कार्यदलसमेत बनाइसकेको छ।




-1790252522.jpg)






