संविधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल
काठमाडौं, जेठ ७ : सरकारले संविधान संशोधन गर्न सदस्यीय कार्यदल बनाएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा एमाले र जनता समाजवादी पार्टी...
काठमाडौं, जेठ ७ : सरकारले संविधान संशोधन गर्न सदस्यीय कार्यदल बनाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूलाई समेटेर समिति बनाएको हो।
कार्यदलमा एमालेबाट पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल छन्। जसपाका तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन्।
बिहीबार नै मन्त्रिपरिषद् बैठकले जसपाको मागलाई समेट्न जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबाबु दुवै नेपाली भए वंशजका आधारमा नागरिकता लिन मिल्ने अध्यादेश पनि ल्याएको थियो।
प्रकाशित मिति: १२:४३ बजे, शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)






