Kathmandu Press

नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा गरिएको आह्वानविरूद्ध सर्वोच्चमा ६ रिट

प्रधानमन्त्री बहाल रहेको अवस्थामा अर्को सरकार गठन गर्न नमिल्ने भन्दै रिट दर्ताका लागि सर्वोच्चमा पेस गरिएको जनाइएको छ
नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा गरिएको आह्वानविरूद्ध सर्वोच्चमा ६ रिट

काठमाडौं, जेठ ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वानविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट पेस भएका छन्।

राष्ट्रपतिको आह्वान संविधानविपरीत रहेको भन्दै अधिवक्ता कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल र रामबहादुर शाहीलगायत ६ जनाले रिट ल्याएको सर्वोच्च प्रशासनले जनाएको छ।

प्रधानमन्त्री बहाल रहेको अवस्थामा अर्को सरकार गठन गर्न नमिल्ने भन्दै रिट दर्ताका लागि सर्वोच्चमा पेस गरिएको जनाइएको छ। 

संविधानको ७६ (५) बमोजिम सरकार बनाउन आह्वान गर्दै राष्ट्रपति कार्यालयले बिहीबार राति जारी सूचना गैरसंवैधानिक रहेको रिटमा उल्लेख छ।

नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा पत्र दिनुपर्ने नभए संसदबाट विश्वासको मत गुमाएको हुनुपर्ने रिट निवेदकहरूको दाबी छ ।

प्रधानमन्त्रीको पद रिक्त नभई नयाँ सरकार गठनको आह्वान हुन नसक्ने र राष्ट्रपतिले संविधानको धारा ६१ को ४ बमोजिमको कर्तव्य पालना नगरेको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: १२:३३ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्