Kathmandu Press

सिंहदरबारमा सुरु भयो महन्थ ठाकुर पक्षका सांसद्हरुको बैठक

काठमाडौं, जेठ ७ : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरूको बैठक सिंहदरबारमा सुरु भएको छ। वर्तनमा राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि...
सिंहदरबारमा सुरु भयो महन्थ ठाकुर पक्षका सांसद्हरुको बैठक

काठमाडौं, जेठ ७ : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरूको बैठक सिंहदरबारमा सुरु भएको छ। वर्तमान राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि जसपाको ठाकुर पक्षका संसदहरुको बैठक बसेको हो

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७३ (५) अनुसार सरकार गठनका लागि शुक्रबार ५ बजेसम्मका लागि समय दिएपछि अध्यक्ष ठाकुरको नाममा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चर्चामा छ। ठाकुरलाई प्रधानमन्त्रमा प्रस्ताव गर्नुपर्ने पक्षमा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवपक्षका केही नेताहरु नै रहेको बताइएको छ।

सिंहदरबारमा सुरु भएको बैठकमा विषयमा यादव पक्षका नेताहरुले आफरुहरुलाई जानकारी नभएको बताएका छन्। राजेन्द्र महतो संसदीय दलको नेता बनेपछि जसपाका सांसदहरुको बैठक पहिलो पकट बसेको हो।

 

प्रकाशित मिति: १२:२३ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्