कांग्रेस सांसद शाह सवार कार नवलपरासीमा दुर्घटना, शाह सकुशल
नवलपरासी, जेठ ७ : प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य अभिषेक प्रताप शाहको कार दुर्घटनामा परेको छ।उनी सवार बा १५ च...
नवलपरासी, जेठ ७ : प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य अभिषेक प्रताप शाहको कार दुर्घटनामा परेको छ।
उनी सवार बा १५ च ७५२३ नम्बरको कार नवलपरासीपूर्व नवलपुरको विनयीत्रिवेणी-१ दुम्कीबासमा बिहान १० बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ। शाहसहित कारमा सवार तिनै जनाको अवस्था सामान्य रहेको जनाइएको छ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेपछि नयाँ राजनीतिक अवस्था सिर्जना भएको छ। सरकार गठनका लागि शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिइएकाले शाह गृह जिल्लाबाट काठमाडौं जाँदै थिए। स्थानीय मेडिकलमा उनको उपचार गरिएको छ।
सांसद शाहले काठमाडौं प्रेससँग भने, 'अवस्था सामान्य छ, काठमाडौं आउँदैछु । चालकले कुशलतापूर्वक बचाइदिए ।'
प्रकाशित मिति: १२:१६ बजे, शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)






