Kathmandu Press

पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं, जेठ ७ : प्रधानमन्त्री केपी ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि शुक्रबार अपराह्न...
पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं, जेठ ७ : प्रधानमन्त्री केपी ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि शुक्रबार अपराह्न ५ बजेसम्मको 
समय दिएसँगै त्यसलाई लिएर विपक्षी दलहरूले चर्को विरोध गरिरहेका छन् ।

त्यही बेला ओलीले आज (शुक्रबार) अपराह्न साढे १२ बजेका लागि पत्रकार सम्मेलन गर्न लागेका हुन्।

राष्ट्रपतिले विश्वासको मत पुर्याउन दिएको समय ६ घण्टा पनि बाँकी नहुँदा प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

प्रकाशित मिति: १२:०१ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्