Kathmandu Press

कोरोना संक्रमणबाट बाँकेमा थप १५ जनाको मृत्यु

काठमाडौं, जेठ ७ : कोरोना संक्रमणबकाट बाँके जिल्ला पनि निकै प्रभावित भएको छ । त्यहाँका विभिन्‍न अस्पतालमा साढे १६ घन्टाको अन्तरालमा  १५ कोरोना...
कोरोना संक्रमणबाट बाँकेमा थप १५ जनाको मृत्यु

काठमाडौं, जेठ ७ : कोरोना संक्रमणबकाट बाँके जिल्ला पनि निकै प्रभावित भएको छ । त्यहाँका विभिन्‍न अस्पतालमा साढे १६ घन्टाको अन्तरालमा  १५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेजलगायत अस्पतालमा बिहीबार दिउँसो ३ बजेदेखि शुक्रबार बिहान साढे ७ बजेसम्म ती संक्रमितको मृत्यु भएको हो।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका अनुसार मृतकमध्ये बाँकेका आठ र सल्‍यान र कैलालीका दुई÷दुई जना छन् । त्यस्तै दाङ, बर्दिया र प्‍युठानका एक÷एक जना छन् ।

कोरोना संक्रमणबाट शुक्रबार बिहानसम्म बाँकेमा जिल्लाभित्रकै २ सय ६७ र अन्‍य जिल्लाका उपचारका लागि आएका २२२ जना कोरोना संक्रमतिको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: ११:४१ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्