Kathmandu Press

कांग्रेसले बोलायो सर्वदलीय बैठक

काठमाडौं, जेठ ७ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ।सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा केहीबेर अघि बसेको पदाधिकारी बैठकले आवश्यक रणनीति...
कांग्रेसले बोलायो सर्वदलीय बैठक

काठमाडौं, जेठ ७ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा केहीबेर अघि बसेको पदाधिकारी बैठकले आवश्यक रणनीति तय गर्नुपर्ने भएकाले अन्य दलहरूसँग छलफल गर्न सर्वदलीय बैठक बोलाएको हो । 

राष्ट्रपति भण्डारीले बिहीबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। उनले नयाँ सरकार गठनका लागि आधारसहित दाबी पेश गर्न शुक्रबार बेलुकी ५ बजेसम्मको समय दिएकी छिन्।

राष्ट्रपतिले नयाँ सरकार गठन गर्न समय कम दिएकोमा कांग्रेसले आपत्ति जनाएको छ।

कांग्रेसले दलहरुसँग राष्ट्रपति भण्डारीविरुद्ध महाभियोग दर्ता गर्नेबारे छलफल गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: ११:३५ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्