Kathmandu Press

कांग्रेस बैठकमा राष्ट्रपतिविरुद्ध महाभियोगसम्ममा छलफल, अन्य दलसँग छलफल गर्ने निर्णय

राष्ट्रपतिविरुद्ध महाभियोग दर्ता गर्न प्रतिनिधिसभाका २५ प्रतिशत सांसद आवश्यक पर्छ । कांग्रेसका सांसदको संख्या प्रतिनिधिसभाको २२ प्रतिशत मात्र छ । त्यसैले माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्षको साथ आवश्यक छ ।
कांग्रेस बैठकमा राष्ट्रपतिविरुद्ध महाभियोगसम्ममा छलफल, अन्य दलसँग छलफल गर्ने निर्णय

काठमाडौं, जेठ ७ : बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टी पदाधिकारीहरूको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग दर्ता गर्नेसम्मको तयारीका बारेमा छलफल भएको छ ।

तर, राष्ट्रपतिविरुद्ध महाभियोग दर्ता गर्न प्रतिनिधिसभाका २५ प्रतिशत सांसद आवश्यक पर्छ । कांग्रेसका सांसदको संख्या प्रतिनिधिसभाको २२ प्रतिशत मात्र छ । त्यसैले माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्षको साथ आवश्यक छ ।

दुवै दलसँग राष्ट्रपति भण्डारीविरुद्ध महाभियोग दर्ता गर्नेबारे छलफल गर्ने निर्णय बैठकले गरेको छ ।

राष्ट्रपति भण्डारीले बिहीबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। उनले नयाँ सरकार गठनका लागि आधारसहित दाबी पेश गर्न शुक्रबार बेलुकी ५ बजेसम्मको समय दिएकी छिन्।

राष्ट्रपतिले नयाँ सरकार गठन गर्न समय कम दिएकोमा कांग्रेसले आपत्ति जनाएको छ।

संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री ओलीले विश्वासको मत नलिई र राजीनामा नदिई नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्नुलाई कांग्रेसले संविधानको मर्म र भावनाविपरीत भएको निश्कर्ष निकालेको छ । 

प्रकाशित मिति: ११:१३ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्