Kathmandu Press

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक जारी छ । बैठकमा कांग्रेसका पूर्वपदाधिकारीहरु पनि...
बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक जारी छ । बैठकमा कांग्रेसका पूर्वपदाधिकारीहरु पनि सहभागी छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९५० अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले बैठक बोलाएको हो ।

राष्ट्रपति भण्डारीले बिहीबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। उनले नयाँ सरकार गठनका लागि आधारसहित दाबी पेश गर्न शुक्रबार बेलुकी ५ बजेसम्मको समय दिएकी छिन्। 

प्रकाशित मिति: १०:०९ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्