लौरो उभ्याएर भए पनि बैकल्पिक सरकार दिऊँ : डा. भट्टराई
काठमाडौं, जेठ ७ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लौरो उठाएर भए पनि बैकिल्पक सरकार बनाउनु पर्ने...
काठमाडौं, जेठ ७ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लौरो उठाएर भए पनि बैकिल्पक सरकार बनाउनु पर्ने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना विचार राख्दै डा. भट्टराईले जसरी भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदाइ गर्नुपर्ने बताए। उनले भने, ‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो, जे गरेर रक्षा हुन्छ त्यही गरौं।’
अहिले सबैले त्याग गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। ‘सबैले आवस्यक त्याग, बलिदान गरौं। लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिऊॅ। आजै गरौं,अहिल्यै गरौं,’ डा. भट्टराईले भने।
उनले संविधान र लोकतन्त्रको रक्षका लागि उभिनु पर्ने बेला आएको बताएका छन्। डा. भट्टराईले भनेका छन्, ‘बिपी–पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान, लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ।




-1790252522.jpg)






