Kathmandu Press

जसपा संसदीय दलको बैठक बस्दै

काठमाडौं, जेठ ७ : राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरेपछि जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको बैठक बोलाएको छ। नयाँ सरकार गठनका विषयमा निर्णय...
जसपा संसदीय दलको बैठक बस्दै

काठमाडौं, जेठ ७ : राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरेपछि जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको बैठक बोलाएको छ। 

नयाँ सरकार गठनका विषयमा निर्णय गर्न आज बिहान १० बजे संसदीय दलको बैठक बोलाएको जसपाले जनाएको छ। जसपाले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको हो। 

राष्ट्रपतिले आज बेलुकी ५ बजेसम्मको समय दिएर संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरेकी छिन्। यसमा जसपा निर्णायक देखिएको छ। 

यसअघि जसपाले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो। त्यसका लागि अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति पनि जारी गरेका थिए। 
 

प्रकाशित मिति: ०८:५७ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्