उपत्यका बाहिर रहेका सांसद काठमाडौं फर्किंदै
काठमाडौं, जेठ ७ : राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि उपत्यका बाहिर रहेका सांसद काठमाडौं फर्किन थालेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६...
काठमाडौं, जेठ ७ : राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि उपत्यका बाहिर रहेका सांसद काठमाडौं फर्किन थालेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिका लागि बिहीबार राति आह्वान गरेकी छिन्। उनले आज बेलुकी ५ बजेसम्मको समय दिएकी छिन्।
नयाँ सरकार गठनका लागि समय कम भएकाले सबै दलले आ–आफ्ना सांसदलाई काठमाडौं फर्किन निर्देशन दिएका हुन्। बिहीबार राति नै दलहरूले सांसदहरूलाई फर्किन निर्देशन दिएको जनाएको छ।
पार्टीको निर्देशन अनुसार काठमाडौं फर्किन लागेको एक सांसदले काठमाडौंप्रेसलाई बताए। ‘कोरोना महामारीमा सहयोग जुटाउन जिल्ला गएको थिएँ। काठमाडौं फर्किन निर्देशन आएपछि बिहानै हिडेको छु,’ एक सांसदले भने।
नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो सांसदलाई काठमाडौं फर्किन निर्देशन दिएको जनाएको छ। त्यस्तै, काठमाडौंमा रहेका सांसदलाई पनि बाहिर नजान दलहरूले निर्देशन दिएका छन्।




-1790252522.jpg)






