Kathmandu Press

ओली र ठाकुर मध्यरातमा शीतल निवासमा

काठमाडौं, जेठ ७ : प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर बिहीबार मध्यराति राष्ट्रपति निवास शीतल निवास पुगेका छन्। उनीहरू...
ओली र ठाकुर मध्यरातमा शीतल निवासमा

काठमाडौं, जेठ ७ : प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर बिहीबार मध्यराति राष्ट्रपति निवास शीतल निवास पुगेका छन्। 

उनीहरू राति ११ बजे शीतल निवास पुगेको जनाएको छ। नयाँ सरकार बनाउन नेकपा (एमाले) र जसपा सांसदहरूको सहमति रहेको हस्ताक्षरसहितको पत्र बुझाउन उनीहरू शीतल निवास पुगेको जसपा स्रोतले जनाएको छ। त्यसमा जसपाका २१ जनाको हस्ताक्षर रहेको जनाएको छ। 

प्रधानमन्त्री ओली, जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहित एमाले नेता विष्णु पौडेल पनि शीतल निवास पुगेको जनाएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णयअनुसार बिहीबार साँझ संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न आह्वान गरेकी थिइन्। राष्ट्रपतिले नयाँ सरकार बनाउन बहुमतको आधार पु¥याउन शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छिन्। 

प्रकाशित मिति: ०८:३१ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्