नागरिकतासम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय
काठमाडौं, जेठ ७ : जनता समाजवादी पार्टी (जसपा)को माग अनुसार नागरिकतासम्बन्धी अध्यादेश ल्याउने सरकारले निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल नागरिकता ऐन २०६३...
काठमाडौं, जेठ ७ : जनता समाजवादी पार्टी (जसपा)को माग अनुसार नागरिकतासम्बन्धी अध्यादेश ल्याउने सरकारले निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ स्वीकृत गरेको हो। अब यो अध्यादेश राष्ट्रपतिबाट जारी हुने भएको छ।
अहिले प्रतिनिधिसभामा विचाराधीन नागरिकतासम्बन्धी विधेयक प्रक्रियामा रहेको छ। त्यसलाई लत्याएर सरकारले जसपालाई मनाउन ‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ स्वीकृत गरेको हो।
सरकारले ल्याउन लागेको अध्यादेशमा ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्था गरिएको छ। त्यस्तै, बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिने पनि व्यवस्था गरिएको जनाएको छ।
बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन्। जारी भएका अध्यादेशमा शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापनसम्बन्धी अध्यादेश, २०७८ छन्।




-1790252522.jpg)






