Kathmandu Press

‘गनगन गरेर नबसौं, ओलीलाई बिदा गरौं ’

काठमाडौं, जेठ ६ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपतिले दिएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई बिदा गर्नुपर्ने बताएका छन्...
‘गनगन गरेर नबसौं, ओलीलाई बिदा गरौं ’

काठमाडौं, जेठ ६ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपतिले दिएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई बिदा गर्नुपर्ने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अन्तर्गत् प्रधानमन्त्रीका लागि दाबी पेश गर्न प्रतिनिधिसभा सदस्यहरूलाई आह्वान गरेपछि उक्त कदमप्रति रुष्ट बनेको कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य थापाले राष्ट्रपतिले दिएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई बिदा गर्नुपर्ने र महाअभियोग लगाएर राष्ट्रपतिलाई पनि बिदा गर्नुपर्ने बताएका हुन् ।

थापाले ट्वीटरमा लेखेका छन्, ‘विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो। गनगन गरेर नबसौं। सुझबुझ पुर्‍याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं। ’ 

प्रकाशित मिति: २२:०३ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्