Kathmandu Press

प्रधानमन्त्री र राष्ट्रपतिले मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र गरे : नेता कोइराला 

काठमाडौं, जेठ ६ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने...
प्रधानमन्त्री र राष्ट्रपतिले मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र गरे : नेता कोइराला 

काठमाडौं, जेठ ६ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र गरेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अन्तर्गत् प्रधानमन्त्रीका लागि दाबी पेश गर्न प्रतिनिधिसभा सदस्यहरूलाई आह्वान गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा यस्तो प्रतिक्रिया जनाएका हुन् ।

उनले लेखेका छन्, ‘संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलिले विश्वासको मत नलिई वा राजिनामा नगरी धारा ७६ (५) लागु गर्नु र सो अनुरुप राष्ट्रपति अगाडि बढ्नु संविधानको धज्जी उडाउनु मात्र नभई प्रधानमन्त्री र राष्ट्रपतिको संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र हो।’ 

प्रकाशित मिति: २१:२९ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्