संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भयो : पौडेल
काठमाडौं, जेठ ६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिको पछिल्लो कदमलाई संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको आरोप लगाएका छन्...
काठमाडौं, जेठ ६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिको पछिल्लो कदमलाई संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको आरोप लगाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अन्तर्गत् प्रधानमन्त्रीका लागि दाबी पेश गर्न प्रतिनिधिसभा सदस्यहरूलाई आह्वान गरेपछि उनले यस्तो आरोप लगाएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो ।’
सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन रहँदै आएकोमा एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन नसक्ने दाबी गरेका छन् ।
यस्तै उनले सम्पुर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न हार्दिक अपिल समेत गरेका छन् ।




-1790252522.jpg)






