राष्ट्रियसभा उपनिर्वाचनमा विजयी डा. देवकोटालाई बादलको बधाई
काठमाडौं, जेठ ६ : नेकपा एमालेका नेता एवं निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा उपनिर्वाचनमा विजयी डा. खिमलाल देवकोटालाई बधाई दिएका छन् ।राष्ट्रियसभा...
काठमाडौं, जेठ ६ : नेकपा एमालेका नेता एवं निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा उपनिर्वाचनमा विजयी डा. खिमलाल देवकोटालाई बधाई दिएका छन् ।
राष्ट्रियसभा उपनिर्वाचनमा पराजित भएका नेता बादलले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत देवकोटालाई बधाई दिएका हुन् ।
उनले चुनावमा आफूलाई मतदान गर्ने बागमती प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखलाई धन्यावाद समेत दिएका छन् ।
निवर्तमान गृहमन्त्री समेत रहेका बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा.देवकोटा विजयी भएका थिए ।
प्रकाशित मिति: २०:४५ बजे, बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)






