Kathmandu Press

प्रधानमन्त्री ओलीलाई भेट्न जसपा नेताद्धय ठाकुर र महतो पुगे बालुवाटार

काठमाडौं, जेठ ६ : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री केपी...
प्रधानमन्त्री ओलीलाई भेट्न जसपा नेताद्धय ठाकुर र महतो पुगे बालुवाटार

काठमाडौं, जेठ ६ : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय गराएसँगै छलफलका लागि उनीहरु वालुवाटार पुगेका हुन् ।

जनता समाजवादीले आफ्नै नेतृत्वमा सरकार बन्ने भए मात्रै सत्ता समीकरणमा लाग्ने निर्णय गरेको छ। अहिलेसम्म तटस्थ बस्दै आएका ठाकुर र महतो मन्त्रिपरिषद्को निर्णयलगत्तै बालुवाटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति: १९:२५ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्