कोरोना संक्रमणबाट तीन डाक्टरको निधन, मन्त्रालयद्धारा दुःख व्यक्त
काठमाडौं, जेठ ६ : कोरोनाभाइरस संक्रमणबाट तीन जना डाक्टरको निधन भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको अग्रभागमा खटिएर काम गर्ने तीन डाक्टरको...
काठमाडौं, जेठ ६ : कोरोनाभाइरस संक्रमणबाट तीन जना डाक्टरको निधन भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको अग्रभागमा खटिएर काम गर्ने तीन डाक्टरको निधन भएको जनाएको छ ।
कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएका डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको मन्त्रालयले जनाएको छ।
डाक्टरको निधनप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना समेत प्रकट गरेको छ।

प्रकाशित मिति: १८:१९ बजे, बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)






