प्रधानमन्त्रीले विश्वासको मत नलिने, ९ जेठमा संसद् अधिवेशन आह्वानका लागि सिफारिस
मन्त्रिपरिषद् बैठकले ९ जेठका लागि संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
काठमाडौं, जेठ ६ : मन्त्रिपरिषद् बैठकले ९ जेठका लागि संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री केपी ओलीले पुनः विश्वासको मत नलिने बताएको स्रोतले जनाएको छ । विश्वासको मत लिनुभन्दा संविधानको धारा ७६ (५) अन्तर्गतको सरकारका लागि मार्गप्रशस्त गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।
अहिले उनी धारा ७६ (३) अन्तर्गत अल्पमतका प्रधानमन्त्री हुन् । विश्वासको मत पनि नलिने र राजिनामा पनि नदिने प्रधानमन्त्रीको भनाइले संविधानको धारा ७६ (५) अनुसारको अर्को सरकार गठनका लागि कसरी मार्गप्रशस्त हुन्छ भन्नेबारे स्पष्ट खुलाइएको छैन ।
प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)






