Kathmandu Press

उपत्यकामा थपिए ३२३२ कोरोना संक्रमित

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ३२३२ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जना  रहेका छन् ।
उपत्यकामा थपिए ३२३२ कोरोना संक्रमित

काठमाडौं, जेठ ६ : गत २४ घण्टामा काठमाडौं उपत्यकामा ३२३२ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जना  रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै देशभर कुल २२ हजार ०८७ जनामा कोरोना परिक्षण गरिएकामध्ये ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाका कारण १९० जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १७:५३ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्