Kathmandu Press

थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टि, १९० को मृत्यु 

देशभर कुल २२ हजार ०८७ जनामा कोरोना परिक्षण गरिएकामध्ये ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टि, १९० को मृत्यु 

काठमाडौं, जेठ ६ : गत २४ घण्टामा कोरोनाका कारण १९० जनाको मृत्यु भएको छ। 

यस्तै देशभर कुल २२ हजार ०८७ जनामा कोरोना परिक्षण गरिएकामध्ये ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा ३२३२ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जना  रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ६५४३ जना कोरोना संक्रमणमुक्त भएका  भएका छन् । यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ । 

मन्त्रालयले आजसम्म देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८५२ नाघेको जनाएको छ भने मृतकको कुल संख्या ५ हजार ८४७ पुगेको छ ।

प्रकाशित मिति: १७:४३ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्