Kathmandu Press

उपनिर्वाचनको मतगणना जारी, स्थानीय तहको मतगणना सकिँदा देवकोटा अगाडि

काठमाडौं, जेठ ६ : राष्ट्रिय सभामा वाग्मती प्रदेशबाट रिक्त सदस्य पदका लागि आज (बिहीबार) हेटौंडामा भएको उपनिर्वाचनको मतगणना जारी छ। साँझ साढे ६...
उपनिर्वाचनको मतगणना जारी, स्थानीय तहको मतगणना सकिँदा देवकोटा अगाडि

काठमाडौं, जेठ ६ : राष्ट्रिय सभामा वाग्मती प्रदेशबाट रिक्त सदस्य पदका लागि आज (बिहीबार) हेटौंडामा भएको उपनिर्वाचनको मतगणना जारी छ। साँझ साढे ६ बजेसम्म मत परिणाम आइसक्ने जनाइएको छ।

उपनिर्वाचनका लागिएमालेबाट रामबहादुर थापा ‘बादल’, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल समूहको समर्थनमा खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

वाग्मती प्रदेशका प्रदेश सांसद र स्थानीय तहका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षले मतदानमा सहभागी भए।

स्थानीय तहको मतगणना सकिँदा एमालेका उम्मेदवार बादललाई संयुक्त विपक्षी गठबन्धनका उम्मेदवार देवकोटाले उछिनेका छन्। देवकोटाले १ सय २८ मत पाउँदा बादलले १ सय ३ मत मात्रै पाएका छन्। नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले दुई मत मात्र पाएका छन्।

मतदाताहरूमा एमालेको बहुमत भए पनि वरिष्ठ नेता माधवकुमार नेपालको समूहबाट मत यताउता हुने सम्भावना भएकाले निर्वाचनको परिणाम के आउने भन्ने आम चासोको विषय बनेको छ।

प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्