Kathmandu Press

कोरोना नियन्त्रण गर्न प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय–सर्वदलीय संयन्त्र बनाउन माग

काठमाडौं, जेठ ६ : माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय-सर्वदलीय संयन्त्र निर्माणको माग गर्ने भएको छ।पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहीबार बसेको स्थायी...
कोरोना नियन्त्रण गर्न प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय–सर्वदलीय संयन्त्र बनाउन माग

काठमाडौं, जेठ ६ : माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय-सर्वदलीय संयन्त्र निर्माणको माग गर्ने भएको छ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहीबार बसेको स्थायी समिति बैठकले कोरोना संक्रमण रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामहरूलाई समेटेर प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ।

बैठकमा सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको बैठकमा सहभागी एक केन्द्रीय नेताले जानकारी दिए। 

कोभिड नियन्त्रणमा सरकार पुरै असफल भएको निष्कर्ष निकाल्दै र स्वास्थ्य सामाग्री खरिददेखि वितरणसम्ममा सरकारबाट भएको अनियमितताको निन्दा गर्दै माओवादीले स्वास्थ्य उपकरणहरुको अविलम्ब व्यवस्था गर्न माग गरेको हो ।

‘माओवादी केन्द्रले ज्ञापनपत्रमा सीसीएमसीको सट्टा प्रधानमन्त्रीको नेतृत्वको विपद् व्यवस्थापन समिति या गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्ने सुझावसमेत दिने भएको छ। बैठकले अत्यावश्यकबाहेकका राजनीति नियुक्ति रोक्न तथा अनुपयुक्त क्षेत्रको खर्च घटाएर कोभिड नियन्त्रणमा जुट्नसमेट माग गरेको छ।

माओवादी केन्द्रले कोरोना नियन्त्रण तथा रोकथाममा सिंगो पार्टीपंक्ति परिचालन गर्ने भएको छ। जसका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठन गरेको कोभिड नियन्त्रण युनिटले सबै प्रदेश, जिल्ला, पालिका र वडामा ५ दिनभित्र कमिटीहरु गठन गरेर कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको जनाइएको छ।

प्रकाशित मिति: १५:२४ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्