Kathmandu Press

विश्वकप छनोट र मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको हवाई खर्च फिफाले बेहोर्ने

काठमाडौं, जेठ ६ : आसन्न विश्वकप छनोट र इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको हवाई खर्च फिफाले बेहोर्ने भएको छ। घरेलु मैदानका लागि तय...
विश्वकप छनोट र मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको हवाई खर्च फिफाले बेहोर्ने

काठमाडौं, जेठ ६ : आसन्न विश्वकप छनोट र इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको हवाई खर्च फिफाले बेहोर्ने भएको छ। 

घरेलु मैदानका लागि तय भएका विश्वकप छनोटका खेला कुवेतमा सारिएपछि एन्फाले आफूलाई ठूलो आर्थिकभार पर्ने भन्दै एएफसी र फिफामा पत्राचार गरेपछि विश्वपक छनोट र इराकसँगको मैत्रीपूर्ण फुटबलमा नेपाली टिमको हवाई खर्च बेहोर्न फिफा तयार भएको हो।

आफूहरुले पठाएको पत्रको जवाफ दिँदै फिफाले विश्वकप छनोट र इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि हवाई खर्च र पिसिआर परीक्षण खर्च बेहोर्न फिफा तयार भएको अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकराी दिए । 

‘हामीले सबै अवे खेल खेलिसकेका छौं, अब हाम्रो तीन होम खेल पनि अन्यत्र रासिँदा हामीलाई ठूलो घाटा हुन्छ, टिकट बिक्री र प्रायोजकबाट पनि आम्दानी हुँदैन । त्यसैले हामीलाई एएफसी र फिफालाई पत्राचार गरेका थियौं,’ एन्फा अध्यक्ष शेर्पाले भने, ‘हाम्रो आग्रह फिफाले सुनेको छ, यसले एन्फालाई ठूलो आर्थिक भार कम भएको छ।’ कोरोना महमारीका कारण अन्तर्राीष्ट्रय उडान बन्द भएकाले प्रतियोगिता खेल्ना लागि विमान चार्टर्ड गुर्नपर्ने हुन्छ ।

अध्यक्ष शेर्पाले प्लेन चार्टर्डका लागि तीन वटा एयरलाइन्सको कोटेसन पठाएकोमा कतार एयरवेजको कोटेसन फिफाले स्वीकृत गरेको बताए । नेपाली टोली इराकसँगको मैत्रीपूर्ण खेलका लागि जेठ ११ गते इराक प्रस्थान गर्ने छ। उतैबाट विश्वकप छनोट खेल्नु कुवेत जाने छ, त्यहाँबाट नेपाल फर्कने छ।

नेपालले जेठ १५ गते बसार अन्तर्राष्ट्रिय रंगशालमा इराकसँग मैत्रीपुर्ण खेल खेल्ने छ । नेपाली टोली विश्वकप छनोटका लागि जेठ १६ गते टोली स्थलमार्ग हुँदै कुवेत जाने छ । 

विश्वकप छनोटमा नेपालले जुन ३ मा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ।
 

प्रकाशित मिति: १५:०९ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्