स्वास्थ्य सामग्री लिएर आइवेरिया एयरलाइन्सको विमान नेपाल आइपुग्यो
काठमाडौं, जेठ ६ : स्पेन सरकारले दिएको १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री लिएर आइवेरिया एयरलाइन्सको चार्टर्ड विमान नेपाल आइपुगेको छ।भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर,...
काठमाडौं, जेठ ६ : स्पेन सरकारले दिएको १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री लिएर आइवेरिया एयरलाइन्सको चार्टर्ड विमान नेपाल आइपुगेको छ।
भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री लिएर आइवेरिया एयरलाइन्सको चार्टर्ड विमान नेपाल आएको छ। स्पेलका लागि नेपाली राजदूत दावाफुटी शेर्पाको पहलमा स्पेन सरकारले सो सहयोग गरेको हो।
अन्तर्राष्ट्रिय सहयोगका लागि स्पेनिस एजेन्सी एईसीआईडीका निर्देशक म्याग्डी मार्टिनेज सोलिमानले स्वास्थ्य सामग्रीहरू बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।
आइवेरिया एयरलाइन्सको चार्टर्ड विमानले फर्कँदा नेपालमा रहेका ४७ स्पेनिस नागरिकलाई पनि लैजाने छ।
प्रकाशित मिति: १३:०५ बजे, बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










