Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट कोरोना संक्रमणबाट मुक्त

धनगढी, जेठ ६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना संक्रमणमुक्त भएका छन्।वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री भट्ट होम आइसोलेसनमा...
सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट कोरोना संक्रमणबाट मुक्त

धनगढी, जेठ ६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना संक्रमणमुक्त भएका छन्।

वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री भट्ट होम आइसोलेसनमा थिए।

बुधबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गराउँदा रिर्पोट नेगेटिभ आएको उनको निजी सचिवालयले जानकारी दिएको छ।

संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रही सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरको निगरानीमा उनले कोरोनासँग लडेका थिए।

प्रकाशित मिति: १२:५३ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्