कोरोना संक्रमणका कारण बाँकेमा थप १० जनाको मृत्यु
बाँके, जेठ ६ : कोरोना भाइरसको संक्रमणका कारण बाँकेमा थप १० जनाको मृत्यु छ । बाँकेका विभिन्न अस्पतलामा उपचारमा क्रममा १० जनाको मृत्यु...
बाँके, जेठ ६ : कोरोना भाइरसको संक्रमणका कारण बाँकेमा थप १० जनाको मृत्यु छ । बाँकेका विभिन्न अस्पतलामा उपचारमा क्रममा १० जनाको मृत्यु भएको छ ।
मृत्यु हुने सबै बाँकेका भने होइनन । जसमा ४ जना बाँके, ४ जना बर्दिया, १ जना दाङ र १ जना कैलालीका छन् । उनीमध्ये ९को भेरी अञ्चल अस्पतला र १ को नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा बाँकेका डुडुवा गाउँपालिका–५ की २८ वर्षीया महिला, खजुरा गाउँपालिका–३का ८५ वर्षीय पुरूष, जानकी गाउँपालिका–३ की ४४ वर्षीया महिला र राप्तिसोनारी गाउँपालिका–६का ५४ वर्षीय पुरुष रहेका छन् ।
यसतै, बर्दियाका बासगढी नगरपालिका–४का ४२ वर्षीय पुरूष, बढैयाताल गाउँपालिका– ५ र ८का ४० र ४५ वर्षीय पुरूष र गुलरिया नगरपालिका–४की ६१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–३ दाङका ६५ वर्षीय पुरुष र घोडाघोडी नगरपालिका–४ कैलालीका ४५ वर्षीय पुरूषको उपचारका क्रममा निधन भएको हो।
योसँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७२ पुगेको छ । जसमध्ये बाँकेका २५७ जना छन् भने २१५ जना बाहिरी जिल्लाका छन् ।










