Kathmandu Press

माओवादी नेतामाथि कपिलवस्तुमा गोली प्रहार

कपिलवस्तु, जेठ ६ : नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ। बुधबार राति तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि गोली...
माओवादी नेतामाथि कपिलवस्तुमा गोली प्रहार

कपिलवस्तु, जेठ ६ : नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ। 

बुधबार राति तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। तीन जनाको समूहले गोली प्रहार गर्दा उनको पेट र कम्मरमाथि दुई गोली लागेका छन्। 

उनको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। कपिलवस्तु नगरपालिकाको तौलिहवाका ३५ वर्षीय पाण्डेको शरीरबाट एउटा गोली निकालिएको अस्पतालले जनाएको छ। 

उनको शरीरबाट एउटा गोली निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए। गोली चलाउने व्यक्तिको पहिचान हुन नसकेको उनले बताए। 

प्रकाशित मिति: ०९:२५ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्