एमाले नेता योगनारायण यादवको कोरोनाबाट निधन
काठमाडौं, जेठ ६ : नेकपा (एमाले)का नेता योगनारायण यादवको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ। उनको आज बिहान मेडिसिटी अस्पतालमा निधन भएको हो। उनको उपचारको...
काठमाडौं, जेठ ६ : नेकपा (एमाले)का नेता योगनारायण यादवको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ।
उनको आज बिहान मेडिसिटी अस्पतालमा निधन भएको हो। उनको उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ।
धनुषाको सबैला नगरपालिका–१ का यादवलाई कोरोना संक्रमण देखिएपछि उपचारका लागि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो।
उनी एमाले केन्द्रीय सदस्य एवं पूर्वसांसद हुन्। उनले २०५६ सालमा सांसद निर्वाचित भएका थिए ।
प्रकाशित मिति: ०९:०९ बजे, बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










