Kathmandu Press

कोरोना संक्रमणबाट काठमाडौंका डीएसपीको निधन

काठमाडौं, जेठ ६ : कोरोना भाइरसको संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ।
कोरोना संक्रमणबाट काठमाडौंका डीएसपीको निधन

काठमाडौं, जेठ ६ : कोरोना भाइरसको संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार, उनको आज बिहान नेपाल प्रहरी अस्पतालमा निधन भएको हो। उनको उपचारका क्रममै निधन भएको जनाएको छ। 

डीएसपी केसीलाई दुई साता अघि कोरोना संक्रमण देखिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि प्रहरी अस्पताल भर्ना गरिएको थियो।

उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममा आज बिहान निधन भएको जनाएको छ। 

डीएसपी केसी कागेश्वरी मनोहरा नगरपालिका मूलपानीका बासिन्दा हुन्। उनलाई प्रहरीभित्र इमान्दार अधिकारी रुपमा लिइने गरिएको थियो। 

प्रकाशित मिति: ०८:२७ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्