माओवादीले बोलायो स्थायी कमिटी बैठक
काठमाडौं, जेठ ६ : नेकपा (माओवादी केन्द्र)ले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...
काठमाडौं, जेठ ६ : नेकपा (माओवादी केन्द्र)ले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएका हुन्। प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले स्थायी कमिटी बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा छलफल हुने जनाएकी छिन्।
यसअघि बुधबार प्रचण्डले पेरिसडाँडामै चिकित्सक तथा विज्ञसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि गर्न सकिने कामबारे छलफल गरेका थिए। चिकित्सक र विज्ञले दिएको सुझावका आधारमा आज स्थायी कमिटीको बैठकले कार्यक्रम तय गर्ने दाहालले जनाएकी छिन्।
प्रकाशित मिति: ०८:०५ बजे, बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










