भेरोसेलको दोस्रो मात्रा लगाउन स्थानीय तहमा नाम टिपाउनु
काठमाडौं, जेठ ५ : कोरोना भाइरसविरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाएर गाउँ गएका नागरिकलाई आफ्नो विवरण स्थानीय तहको स्वास्थ्य शाखामा टिपाउन स्वास्थ्य तथा...
काठमाडौं, जेठ ५ : कोरोना भाइरसविरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाएर गाउँ गएका नागरिकलाई आफ्नो विवरण स्थानीय तहको स्वास्थ्य शाखामा टिपाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले बुधबार सूचना जारी गर्दै भेरोसेल खोपको पहिलो मात्रा लगाएर उपत्यका बाहिर गएकाहरुले स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत जिल्ला स्वास्थ्य कार्यालयमा विवरण टिपाउन आग्रह गरेको हो ।
मन्त्रालयले त्यसरी संकलन गरिएको लगत स्वास्थ्य सेवा विभागमा पठाउन पनि सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरुलाई निर्देशन पनि दिएको छ ।
यस्तै मन्त्रालयले खोप लगाउनुपर्नेलाई निषेधाज्ञाको समयमा पनि आवतजावतको व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालयहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: २१:४६ बजे, बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











