Kathmandu Press

आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारवाही गर्न कांग्रेसको माग 

काठमाडौं, जेठ ५ : नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारवाहीका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।कांग्रेस संसदीय दल कार्यसमितिको...
आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारवाही गर्न कांग्रेसको माग 

काठमाडौं, जेठ ५ : नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारवाहीका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले राष्ट्रियसभाको उपनिर्वाचनका पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वक्तव्य सार्वजनिक गर्दै मत मागेको भनी आपत्ति जनाउँदै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारवाहीका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

यस्तै वैठकले सभापति शेरबहादुर देउवाका नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्नका लागि ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शय्यासहितका अस्थायी अस्पताल बनाउन र  उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्न आग्रह गर्दै संक्रमितको उपचारमा राज्यको सम्पूर्ण शक्ति र निकायलाई परिचालन गर्न पनि कांग्रेसले माग गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

बैठकले मुलुकभरका अस्पतालमा आवश्यक मात्रामा शय्या, अक्सिजन, सघन उपचार कक्ष शय्या र भेन्टिलेटरको व्यवस्थापन गर्न तथा सबैलाई तत्काल कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारलाई आग्रह पनि गरेको छ । कांग्रेसले कोरोनाको उपचारमा नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तथा कोरोनाविरुद्धको खोप सहयोग गर्ने विदेश, अन्तरराष्ट्रिय संघसंस्था र सहयोगीलाई  धन्यवाद दिँदै थप सहयोगका लागि आह्वान गरेको छ ।

बैठकले कोरोनाको उपचार र नियन्त्रण तथा व्यवस्थापनका क्रममा अग्रपङ्क्तिमा रहेर चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, सरसफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा धन्यवाद दिँदै उच्च मनोबल बढाउनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । कोरोना रोकथामका लागि लागु गरिएको निषेधाज्ञाका कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदूर, रोजगारी गुमाएका व्यक्ति र मारमा परेका व्यवसायीलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग समेत गरेको छ । 

प्रकाशित मिति: २०:४१ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्