Kathmandu Press

एमाले कार्यदलको बैठक बिहीबार बस्नेगरी स्थगित 

काठमाडौं, जेठ ५ : नेकपा एमालेको विवाद मिलाउन गठन गरिएको १० सदस्यीय कार्यदलको आजका लागि बोलाएको बैठक स्थगित भएको छ ।आजलाई तय गरेको...
एमाले कार्यदलको बैठक बिहीबार बस्नेगरी स्थगित 

काठमाडौं, जेठ ५ : नेकपा एमालेको विवाद मिलाउन गठन गरिएको १० सदस्यीय कार्यदलको आजका लागि बोलाएको बैठक स्थगित भएको छ ।

आजलाई तय गरेको बैठकमा सवै सदस्य सहभागी असम्भव भएकाले बिहीबार बेलुका ५ बजे बस्नेगरी बैठक स्थगित भएको हो । आजको बैठकमा कार्यदलको कार्यविधि,आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने कार्यसूची रहेको थियो ।

आइतबार गठित कार्यदलले तीन दिनभित्र काम सक्ने बनाइएपनि वैठक बस्न नसक्दा अन्यौलमा परेको छ । कार्यदलको पहिलो बैठक मंगलबार बसेको थियो । कार्यदलमा अध्यक्ष ओली र माधव नेपाल पक्षका ५–५ जना नेता रहेका छन् । 

प्रकाशित मिति: १९:४७ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्