Kathmandu Press

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी चार दल सर्वोच्च जाने

रुपन्देही, जेठ ५ : लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शंकर पोखरेलविरुद्ध विपक्षी चार दलले सर्वोच्च अदालतलाई गुहार्ने भएका छन्।लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी चार दल...
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी चार दल सर्वोच्च जाने

रुपन्देही, जेठ ५ : लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शंकर पोखरेलविरुद्ध विपक्षी चार दलले सर्वोच्च अदालतलाई गुहार्ने भएका छन्।

लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी चार दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनको आज (बुधबार) बसेको बैठकले मुख्यमन्त्री पोखरेलको नियुक्ति बदर माग गर्दै सर्वोच्च जाने निर्णय गरेको हो। बैठकमा ती दलका प्रतिनिधिहरू सहभागी थिए।

वैशाख १९ गते पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनको नियुक्ति संविधानको मर्म र भावनाविपरीत रहेको उक्त गठबन्धनको तर्क छ।

प्रदेशसभामा बहुमत गुमाइसकेको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै विपक्षी दलहरु प्रदेश प्रमुख धर्मराज यादवसँग रुष्ट छन्।

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्