गण्डकीमा ४ मन्त्रीले लिए सपथ
पोखरा, जेठ ४ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रदेश प्रमुख सीता पौडेलले मन्त्रीहरु किरण गुरुङ, रामशरण बस्नेत,...पोखरा, जेठ ४ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रदेश प्रमुख सीता पौडेलले मन्त्रीहरु किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई पद तथा गोपनीयताको शपथ गराइन्।
केही दिनअघि नियुक्त भएका खेलकुद मन्त्री राजीव गुरुङ शपथ ग्रहण समारोहमा उपस्थित थिएनन् । शपथ लगत्तै मन्त्रिपरिषद्को बैठक राखी उनीहरुलाई पुरानै मन्त्रालयको जिम्मेवारी तोकिने भएको छ।
वैशाख २९ गते सदनमा सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका गुरुङले गण्डकी प्रदेशको नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले मन्त्रीहरु नियुक्त गरिएको बताए ।
सरकारले जेठ १५ मा नीति तथा कार्यक्रम र असार १ मा बजेट ल्याउने तयारी गरेको छ ।
प्रकाशित मिति: १६:१७ बजे, बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











