Kathmandu Press

मौन अवधिमा मत मागेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं, जेठ ५ : निर्वाचन आयोगले बागमती प्रदेशमा भोलि (बिहीबार) हुन लागेको राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचनको मौन अवधि सुरु भइसकेपछि पनि आचारसंहिताविपरीत...
मौन अवधिमा मत मागेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं, जेठ ५ : निर्वाचन आयोगले बागमती प्रदेशमा भोलि (बिहीबार) हुन लागेको राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचनको मौन अवधि सुरु भइसकेपछि पनि आचारसंहिताविपरीत मत मागिएप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। 

उपनिर्वाचनका लागि जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले उपनिर्वाचनको पूर्वसन्ध्यामा आज (बुधबार) विज्ञप्ति नै निकालेर एमालेका तर्फबाट उम्मेदवार रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’का पक्षमा मत मागेका थिए। 

​‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तरवार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकाले यसतर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचार संहिता समेत लागू भइसकेको सन्दर्भमा आचार संहिता विपरितका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने कुरा स्पष्ट नै छ ।’

निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा उम्मेदवारको पक्षमा मत माग्नु आचारसंहिताविपरीत हुने र त्यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयतामाथि नै आघात पार्ने बताइएको छ । निर्वाचन आचार संहिता विपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानुनबमोजिम कारवाही गर्न सक्ने र यसरी आचारसंहिताविपरीत कार्य गर्नेको अभिलेख राख्ने समेत विज्ञप्तिमा उल्लेख छ।

बिहान ९ देखि ३ बजेसम्म मतदान गर्ने समय तोकिएको छ। यो उपनिर्वाचनमा ३ सय ४८ जना मतदाता छन्। १ सय १० प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुख गरी २ सय ३८ ले मत दिन पाउँछन्।

प्रकाशित मिति: १४:५९ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्