रेमडिसिभिरको आयातमा लाग्ने सबै कर छुट
काठमाडौं, जेठ ५ : सरकारले कोरोनाविरुद्धको उपचारमा प्रयोग हुँदै आएको रेमडिसिभिर औषधिको आयातमा लाग्ने सबै कर, महसुल तथा शूल्क छुट गरेको छ।आयातकर्ताले यो...
काठमाडौं, जेठ ५ : सरकारले कोरोनाविरुद्धको उपचारमा प्रयोग हुँदै आएको रेमडिसिभिर औषधिको आयातमा लाग्ने सबै कर तथा महसुल छुट गरेको छ।
आयातकर्ताले यो औषधिको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरी सर्वसुलभ रुपमा बिक्रीवितरण गर्नुपर्ने अर्थ मन्त्रालयले जनाएको छ।
यसरी भन्सार महसुल छूटमा आएका औषधि उद्देश्यअनुसार प्रयोग भए/नभएको र छुट अनुसार उपभोक्ता मूल्यमा समायोजन गरे/नगरेको अनुगमन भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्नुपर्ने निर्णय गरिएको जनाइएको छ।
अनुगमनका लागि ती दुई मन्त्रायले हरेक महिना १५/१५ दिनको समय मिलाउनुपर्ने निर्णय भएको अर्थ मन्त्रालयको भनाइ छ। सरकारले यसअघि अक्सिजन सिलिण्डरसहितका मेडिकल सामग्री आयातमा भन्सार छुट गर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति: १४:३६ बजे, बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











