गण्डकीमा मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीहरूको शपथ आजै
पोखरा, जेठ ५ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज (बुधबार) मन्त्रिपरिषद् विस्तार गरेर ६ सदस्यीय बनाएसँगै नवनियुक्त मन्त्रीहरूको आजै पद तथा...
पोखरा, जेठ ५ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज (बुधबार) मन्त्रिपरिषद् विस्तार गरेर ६ सदस्यीय बनाएसँगै नवनियुक्त मन्त्रीहरूको आजै पद तथा गोपनीयताको शपथ हुँदैछ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलको निवासमा दिउँँसो ३ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ।
मुख्यमन्त्री गुरुङले अर्थमन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधारमन्त्रीमा रामशरण बस्नेत, पर्यटनमन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन र युवा तथा खेलकुद मन्त्रीमा राजीव गुरुङलाई नियुक्ति गरेका छन्।
शपथ खानुपर्नेमध्ये दुईजना सांसद पोखराबाहिर छन्। विकास लम्साल गृह जिल्ला पर्वत र राजीव गुरुङ काठमाडौंमा छन्। सांसद लम्साल पोखराका लागि हिँँडिसकेको बताइएको छ भने गुरुङले आजको शपथ ग्रहण गर्न नभ्याउने जानकारी गराइसकेका छन्।
मन्त्री बन्ने अन्य सांसदमा किरण गुरुङ, रामशरण बस्नेत र नरदेवी पुन भने पोखरामै छन्।











