Kathmandu Press

नवलपरासीमा सशस्त्रको गोलीबाट घाइते भएका युवकको मृत्यु 

नवलपरासी ,जेठ ५ : पश्चिम नवलपरासीको दक्षिणी सिमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर गम्भिर घाइते भएका युवकको मृत्यु भएको छ । गोली लागेर घाइते भएका...
नवलपरासीमा सशस्त्रको गोलीबाट घाइते भएका युवकको मृत्यु 

नवलपरासी ,जेठ ५ : पश्चिम नवलपरासीको दक्षिणी सिमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर गम्भिर घाइते भएका युवकको मृत्यु भएको छ । 

गोली लागेर घाइते भएका २२ वर्षिय अविनाश राजभरको मृत्यु भएको हो । 

स्थानीय अस्पताल शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) बाट भारततर्फ जान लागेका स्थानीय युवालाई सशस्त्र प्रहरीले रोक्ने क्रममा दुई पक्षबीच झडप भएको छ । स्थानीय युवाहरुले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि गोली चलाएको सशस्त्र प्रहरीको भनाइ छ । 

घटनापछि सीमावर्ती गाउँ नेपाल भारत दुवैतर्फ तनाव बढेको छ ।

प्रकाशित मिति: १३:१० बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्